तुलसीपुरका एक स्वास्थ्यकर्मीमा कोरोना

तुलसीपुर, १० भदौ ।

तुलसीपुर उपमहानगरपालिकाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा स्वास्थ्य चौकी बेल्टाकुरामा कार्यरत उक्त स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि सोही स्वास्थ्य चौकीलाई सिल गर्ने निर्णय भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर