दाङमा थप तीन जनामा कोरोना संक्रमण

तुलसीपुर, ९ भदौ ।

दाङमा मंगलबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती गाउँपालिका १ र ४ का तीन जनामा कोरोना सक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सक्रमिंत राप्ती गाउँपालिका १ का ३० वर्षीय पुरुष र ३२ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो । साथै सोही गाउँपालिका वडा नं. ४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर