कोरोना बिरुद्द लड्न प्रयोग गर्नुहोस यी ५ हतियार
नेपालमा कोरिना बिरुद्द लडाई जारि छ। यो भाइरसले कसरी शरीरलाई नोक्सान पुर्याउँछ, कहिले जांच गर्नुपर्दछ, र हामी उपचार पछाडि कसरी जीवन पुन: सुचारु गर्न सक्छौं, विज्ञहरूको यो जानकारी तपाईका लागि हतियार बन्न सक्दछ …
एक भारतीय चिकित्सक बीके अग्रवालले भने “उपचार पछि बिरामी स्वस्थ हुन्छन् तर शारीरिक रूपमा अत्यन्त कमजोर हुन्छन्।“
कोरोनाले संक्रमितको मुटु, फोक्सो, मिर्गौला र आन्द्रामा सबै भन्दा बढी प्रभाव पार्ने गर्छ । उपचार पछि निको भयका मानिसहरुले यदि आफ्नो स्वास्थ्यको राम्रो ख्याल नगर्ने हो भने यी अंगहरुको कार्यक्षमता कम्जोर हुदै जाने छ, जसले पछि अन्य समस्या निम्त्याउन सक्छ। यदि तपाईं भविष्यमा स्वस्थ हुन चाहनुहुन्छ भने, तपाईंले आफ्नो जीवनशैली र आहार अहिलेदेखि नै परिवर्तन गर्नु पर्नेछ।
भाइरस तिब्र गतिमा फैलिरहेको छ र यसको सही उपचार वा भ्याक्सिन नभएसम्म हामीले यसको संक्रमणबाट सुरक्षित रहन सबै उपायहरू अपनाउन आवश्यक छ ।
हामीले भाइरसको संक्रमण बाट बच्न मास्क को प्रयोग, सामाजिक दुरी साथै पटकपटक सेनिटाइजर वा साबुनले २० देखि ३० सेकेन्ड सम्म मिची मिची हात सफा गरिराख्नु पर्दछ । हामीले संक्रमणबाट पनि जोगिनु पर्छ र कामका लागि घरबाट बाहिर निस्कनु पर्छ। यस्तो अवस्थामा हामीले कसरी स्वस्थ र सुरक्षित रहन सकिन्छ भनेर सोच्दै स्वास्थ्यलाई विशेष ध्यान दिन जरुरि छ। यो तब मात्र सम्भव छ जव हामि आफ्नो जीवनशैलीलाइ सुधार्न प्राथमिकता दिन थाल्छौ।
खाना मा तेल र मसलाको मात्रा घटाउनुहोस्:
हामि खाना लाइ स्वादिलो बनाउन बिभिन्न प्रकारका मसला र तेल को प्रयोग गर्छे तर के तपाईलाई थाहा छ बिरामी पछि, यस प्रकारको खानाले तपाईंलाई फेरि बिरामी पार्न सक्छ। रोगले बिरामीको भित्रि अंगहरु कम्जोर भएका हुन्छन र शरीरले मसला प्रयोग भयको खाना पचाउन सक्दैन । यस्तो खानपानले गर्दा तपाई फोक्सो, मुटु, मिर्गौला र आन्द्रामा सम्बन्धित धेरै समस्याहरूको शिकार बन्न सक्नुहुन्छ।
सन्तुलित र पौष्टिक आहार:
स्वस्थ शरीरको लागि सन्तुलित आहार हुनु आवश्यक छ। सन्तुलित आहारले शरीरको प्रतिरोध क्षमता बलियो बनाउँदछ र यसले रोगहरूबाट मुक्त हुन मद्दत गर्दछ। संतुलित आहारमा प्रोटीन, भिटामिन, फ्याट, खनिज र फाइबर आदि उचित मात्रामा हुनु आवश्यक छ। प्रत्येक व्यक्तिको दैनिक पोषणमा यी पौष्टिक तत्वहरूले भरिएको आहार हुनुपर्दछ, ताकि शरीरले पर्याप्त पोषण प्राप्त गर्न सक्दछ।
मौसमी फल र तरकारीहरूको सेवन:
हरियो तरकारी र फलहरु पोषणमा धनी हुन्छन्, र सजिलै पचाउन पनि सकिन्छ। हरियो तरकारी र फलहरुमा भिटामिन, खनिज, फाइबर र एन्टिआक्सिडन्टहरू हुन्छन, जसले फोक्सो, मुटु, मिर्गौला र आन्द्रा स्वस्थ राख्न मद्दत पुर्याउँछ। निम्बू, किवी, ब्रोकोली, पालक, शिमला मिर्च र हरियो तरकारीहरूले रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत गर्दछ। यी मौसमी फल र तरकारीहरू सेवन गर्दा शरीरलाई रोगहरू विरुद्ध लड्न सक्ने क्षमता बढ्छ।
नशा सेवन घातक बन्न सक्छ :
ड्रग्स शरीरको लागि धेरै खतरनाक छ। यसले शरीरको प्रतिरोध क्षमतालाई नराम्रो असर गर्छ, त्यसैले हामी कुनै पनि प्रकारको नशाबाट टाढा रहनु पर्छ जस्तो कि मदिरा, सुर्तिजन्य।
सुर्तीजन्य पदार्थमा रसायन समावेश गरियको हुन्छ जसको सेवनले शरीरका विभिन्न अंग र कोषहरू बिगार्दछ। त्यस्तै गरी, धूम्रपानले श्वासप्रणालीलाई नकरात्मक रूपमा पनि असर गर्छ।
व्यायाम:
कुनै पनि रोग पछि शरीर पूर्ण स्वस्थ राख्न नियमित शारीरिक व्यायाम अति नै आवश्यक छ। कोरोना संक्रमणमा रोग प्रतिरोध क्षमता नराम्ररी प्रभावित हुन्छ, त्यसैले बिस्तारै व्यायाम गर्ने बानी बसाल्नुहोस्।
आफ्नो जीवनशैली मा एस्तो शारीरिक काम गर्नुहोस जसले तपाईंको शरीरको गतिविधिलाई तालिकामा बृद्धि गर्दछ। यदि तपाईंलाई नृत्य मनपर्छ भने यो एउटा राम्रो व्यायाम मात्रै नभयर मनोरञ्जनको स्रोतपनि बन्न सक्छ।
व्यायामले मांसपेशाहरूलाई बलियो बनाउँदछ र रगत ठीकसँग संचार हुन्छ, जसले हामीलाई रोगको जोखिमबाट बचाउँछ। व्यायाम, प्राणायाम र योगले दिमागलाई खुशी बनाउँछ र तनाव समेत कम गर्दछ। तनावबाट टाढा रहनु पनि रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन महत्त्वपूर्ण छ।
कोरोनाले के गर्छ?
एक भारतीय चिकित्सक डा. सलिल भार्गवले भन्छन, “विश्वका लगभग सबै देशहरुमा कोरोना भाइरसको गम्भीर खतरा रहेको छ र अहिलेसम्म कुनै ठोस उपचार बन्न सकेको छैन।” कोरोना भाइरस संक्रमणले शरीरलाई कसरी असर गर्छ भनेर धेरै अध्ययनहरू भइरहेको छ अहिलेसम्म यस भाइरसको बारेमा जानकारीका अनुसार, प्रारम्भिक लक्षणहरू देखिदा तुरून्त डाक्टरको परामर्श लिनु आवश्यक छ।
कोरोना भाइरस शरीरमा प्रवेश गरेर शरीरको कोषहरूलाई संक्रमित गराउछ र त्यसपछि यसले आफ्नो संख्याहरू बढाउदै जान्छ। यस प्रकारले यो गुणात्मक संख्यामा शरीरभर फैलन्छ। यो भाइरसमा चिल्लो पदार्थ हुन्छ जुन हाम्रो शरीरको स्वस्थ कोषमा टासिएर विस्फोट हुन्छ। यसले हाम्रो फोक्सोलाई सबैभन्दा बढी असर गर्छ।
यो भाइरस हावामा वा कुनै सतहमा उपस्थित हुन सक्छ। भाइरस मुख वा नाक मार्फत शरीरमा प्रवेश गर्दछ, सुरुमा नाकको झिल्लीमा र त्यसपछि घाँटीमा प्रवेश गर्दछ।
संक्रमित भएको २ देखि १४ दिन भित्र, संक्रमित व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर हुदै जान्छ र रोगका लक्षणहरू देखिन थाल्छ। कोरोना शरीर मा प्रवेश गरेपछि संक्रमितलाइ सास फेर्न गाह्रो हुन्छ । छिटो छिटो सास फेर्नाले मुटुको धड्कन दर बढ्छ र बिरामीलाई चक्कर र पसिना आउन थाल्छ।
स्वस्थ कोशिकालाई बारम्बार हुने क्षति र फोक्सोको संक्रमण बढेको कारण बिरामीलाई भेन्टिलेटर चाहिन्छ।