तरुणदलद्वारा विरामीलाई फलफूल वितरण
तुलसीपुर, २८ साउन ।
विश्व युवा दिवसको अवसरमा तरुण दल तुलसीपुर ५ इकाई समितिलेले विरामीलाई फलफूल वितरण गरेको छ । बुधबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका ५५ विरामीलाई फलफूल, फ्रुटी, पानी वितरण गरिएको हो ।
तरुण दल इकाई समिति तुलसीपुर ५ का अध्यक्ष जिबि घर्तीमगरको सभापतित्व तथा कांग्रेस दाङका सभापति र्कीतिबहादुर खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि खड्काले युवाहरुको सक्रियताले नै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने बताए । त्यस अवसरमा पूर्व सांसद गेहेन्द्र गिरीले युवाहरु सिर्जनशील कार्यमा लाग्नुपर्ने बताए ।
त्यस अवसरमा तरुण दल दाङका जिल्ला सभापति टिका घर्ती, पूर्व सांसद वुद्धिराम भण्डारी, नारायण शर्मा, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम न्यौपाने, तरुण दल जिल्ला सदस्य आशाराम नेपाली, नेपाल दलित संघ दाङका सहसचिव खेमराज विक, नेविसंघ दाङका जिल्ला सदस्य किरण केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण धु्रव आचार्यले गरेका थिए ।