एकै दिनमा सुनको भाउ तोलामा ६ हजार २ सयले घट्यो ।
साउन २८ दाङ ।
बुधबार सुन र चाँदीको मुल्यमा व्यापक गिरावट आएको छ । एकै दिन सुनको मुल्य तोलामा ६ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुन १ लाख १ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रति तोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदीको मुल्यमा पनि ठुलो गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला रु २२५ रुपैंयाले घटेर १ हजार २१० मा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मुल्य एक हजार ४३५ प्रतितोला रहेको थियो ।