अरिंगालको टोकाइवाट एक घाईते
तुलसीपुर, २७ साउन ।
अरिंगालको टोकाइबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवा बस्ने वर्ष ५४ का डिल्ली बहादुर डांगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
उनलाई मंगलबार साढे १२ बजेको समयमा कालो अरिंगालले टाउको र शरीरमा टोकेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।