कोरोना रोकथाम र ब्यबस्थापनका लागि रणनीतिक योजना आबश्यक

सुशील बस्नेत

दाङ,२२ साउन ।

कोभिड –१९ समुदायमा संक्रमण रोकथाम र ब्यबस्थापनकालागि भाबि रणनीतिक योजना सम्बन्धमा बिहिबार संबाद भएको छ । संबाद समूहप्रदेश नम्वर ५ सचिवालय तुलसीपुरले प्रदेश नम्वर ५ का सामाजिकबिकास मन्त्री सुर्दशन बराल,प्रदेश सभाका नेपाली काग्रेसका सचेतक निर्मला क्षेत्री,रुकुमपूर्ब सिस्ने गाँउपालिकाका अध्यक्ष कुमारी बराल गौतम, बर्दियाको बडैयाताल गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदीलगायतप्रदेशका १२ जिल्लाका सरोकारवाला पक्षसँग भर्चुवल संबाद गरेको हो ।

भर्चुलमार्फत गरिएको संबादमा सामाजिकबिकास मन्त्री बरालले प्रदेश नम्वर ५ ले हाल समुदायमा कोरोना भाईरस संक्रमणको अबस्थाका बारेमा परीक्षण शुरु गरेको जानकारी दिए ।

प्रदेशमा संक्रमितको संख्या घट्दै गईरहेको जानकारी दिए । तर भावी रणनीति बारेमाअव जुट्ने बताए । प्रदेशमा बढी कोरोना जेखिम भएका जिल्लाको बिश्लेषण गर्दै ७ वटा जिल्लामा रेण्डम सेम्पलिङगगरिएको मन्त्री बरालले बताए । ती७ जिल्लामध्ये कपिलबस्तु र बाँकेमा संक्रमणको अबस्था बढी हुन सक्ने बताए ।

यसअघि सञ्चालनमा रहेका २२ वटा हेल्प डेक्स बन्दअबस्थामा रहेकाले अबपून सञ्चालनमाल्याईने बताउनुभयो ।

प्रदेश स्तरीय कोभीड –१९ संकट ब्यबस्थापन समितिको बैठकमा समुदायमाकोरोनाभाईरस संक्रमण रोकथाम र ब्यबस्थापनकालागिआबश्यक रणनीतिका बारेमा छलफल चलाउने बताए ।

प्रदेश सभासदस्य निर्मला क्षेत्रीले सीमा क्षेत्रमा रहेका ४ वटा भारतीय सीमानाका होल्डिङ सेन्टरलाई ब्यबस्थापनगरि सञ्चालनगर्नुपर्ने सुझाब दिए ।

नेपालीहरुका ठुला चाँड नजिकिदै जादाभारतबाट अधिकमात्रामा नेपालफर्कने मानिसको संख्याहुने उनले बताए ।

ठूलो संख्यामा आउने मानिसहरुलाई कोरोना भाईरस संक्रमण रोकथामकालागि आबश्यक ब्यबस्थापनका बारेमा संघीय सरकार,प्रदेश सरकार र स्थानीय सरकारले पूर्ब तयारी गर्नुपर्ने प्रदेश सभासदस्य क्षेत्रीले जोड दिए ।

सिस्ने गाँउपालिकाका अध्यक्ष कुमारी बराल गौतमले स्थानीय सरकारले थोरै श्रोत र ब्यबस्थापनमाकोरोना रोकथाम र ब्यबस्थापनको क्षेत्रमाकामगरिरहेको बताए ।

सो अवसरमा बडैयाताल गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदी,पाल्पाका कानुन ब्यबसायी गीता शर्मा,नवलपरासीका अधिकारकर्मी शम्भुप्रसाद उपाध्याय, उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामे, रोल्पाका सामाजिक अभियान्ता तिर्पणी बैजाली मगर लगायत १२ जिल्लाकाबिभिन्न सरोकारवालापक्षले सामाजिक दुरी, सेनिटाईजर र मास्कप्रयोगलाई कडाई गर्नुपर्ने सुझाब दिए ।

त्यसबाहेक लकडाउनको बिकल्पखोज्दै क्वारेन्टाईन र आईसोलेसन कक्षहरु ब्यबस्थीत गराईनुपर्ने, पीसिआर टेष्टलाई समुदाय केन्द्रीत गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको सहजीकरण संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो भने धन्यबाद ज्ञापन सहजकर्ता बिक्रम खड्काले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर