६१ हजार उद्योग पूर्ण बन्द
दाङ, २२ साउन ।
लकडाउनमा ६१ प्रतिशत उद्योग पूर्णरुपमा बन्द रहेको एक अध्ययनले देखाएको छ ।
शिक्षा, होटल तथा रेष्टुरेन्ट तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा बढी असर परेको एक अध्ययनले देखाएको हो ।लकडाउनको अवधिमा ठूला र मझौैला उद्योग, व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम र साना खुद्रा व्यापार र साना उद्योगरव्यवसायहरु बढी प्रभावित भएको देखिएको छ ।
बन्दाबन्दीे अवधिमा उद्योगर व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन र कारोबार घटेको जनाएका छन । राष्ट्र बैंकले गरेको अध्ययनमा बढ्दो कोरोना भाइरस संक्रमणका कारण बन्दाबन्दी कायम रहिरहे सबै उद्योग व्यवसाय बन्द हुने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको कोभिडले पारेको असरको अध्ययनले उद्योग तथा व्यवसायहरुले अब थप लकडाउन थेग्न नसक्ने भनेको छ । अधिकांश उद्योग रव्यवसायहरुले सरकारले आर्थिक वर्ष ०७७÷०७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने बताएका छन ।