कृत्रिम जलाशय बहुउपयोगी बन्दै

घोराही,२० साउन ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने चेपे तालमा डुंगा सञ्चालनमा ल्याईएको छ । करिब साढे ७ बिगाह क्षेत्रफलमा फैलिएको तालमा आज देखी डुंगा सञ्चालनमा ल्याईएको हो ।

सिचाई, माछा पालन सँगै बाताबरणिय सुन्दरतता र पर्यटकिय आकर्षणका लागि आर्थिक बर्ष २०७५र७६ सालमा उक्त चेपे ताल घोराही उपमहानगरपालिका र प्रदेश सरकारको लगानीमा निर्माण भएको हो ।

संघिय सांसद शान्ता चौधरी, नगर प्रमुख नरुलाल चौधरी, वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेय, इन्जिनियर रामधन श्रेष्ठ सहितको टोली आज तालमा डुंगामा सयर गरी चेपे तालमा डुंगाको सुरुवात गरेका हुन ।

ताल क्षेत्रकै स्थानियहरुले १३ लाख २० हजार रुपैयाँ खर्च गरि डुंगा, लाईफ जकेट सहित आबस्यक सामाग्रीहरु खरिद गरेका छन् । कृत्रिम जलाशयलाई सिचाई सँगै आयआर्जन सँग जोड्नका लागि डुंगा सञ्चालनमा ल्याईएको नगर प्रमुख चौधरीले जानकारी दिए ।

जलाशयबाट सैयौ विगाह जमिन सिचाई हुनुका साथै वाताबरणिय सुन्दरता, माछा पालन, पानीको स्रोत बढ्ने र डुंगा सञ्चालन गरि पर्यटनको आकर्षणको केन्द्र बनाउने उदेश्यका साथ स्थानिय सरकार र स्थानिय नागरिकहरु लागेको उनको भनाई छ ।

उपमहानगरले वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेलाई ताल व्यवस्थापन तथा सञ्चालन समितिको संयोजक बनाईएको र अब डुंगा सञ्चालन कार्य विधी बनाई शुल्क निर्धारण हुने नगर प्रमुख चौधरीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर