दाङमा पहिरोबाट मृत्यु भएका परिवारलाई राहत प्रदान
घोराही, १५ साउन
जिल्ला प्रशासन कार्यालय दाङले हिजो बंगलाचुली गाउँपालिकामा पहिरोले घरको कोठा भत्कीदा च्याँपिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गरेको छ । पहिरोका कारण आमा छोरीको मृत्युभएको थियो ।
बंगलाचुली ५ साकिनेमा घर माथीको काल्ना खसेर कोठा भत्कीदा २४ वर्षीया बाटुली नेपाली र उहाँको दुई वर्षीया छोरी आयुस्माको च्याँपिएर मृत्यु भएको हो ।
प्रशासनले मृतक बाटुलीका सासु ससुरालाई जनही १ लाख ५० हजारका दरले ३ लाख रुपैया राहत प्रदान गरेको बंगलाचुली गाउँपालिकाका प्रेस संयोजक जिवन नेपालीले जानकारी दिए ।
मृतक बाटुलीको श्रीमान देवीराम नेपालीको पनि गतबर्ष मृत्युभएको बताईएको छ । यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले पनि मृतकका परिवारलाई त्रिपाल , कम्मल भाडावर्तन लगाएतका सामाग्री सहयोग गरेको उनको भनाई छ ।।