तुलसीपुर अभियान’द्वारा प्रायोजकलाई सम्मान
तुलसीपुर,७ साउन ।
दाङका तुलसीपुरलाई सफा, स्वच्छ बनाउन सञ्चालित ‘आहा तुलसीपुर’अभियानले आफ्ना प्रायोजकहरुलाई सम्मान गरेको छ ।
‘समाजको परिबर्तन आफैबाट सुरुवात गर्नुपर्छ’ भन्ने नाराकासाथ युवाहरुले सञ्चालन गरेको उक्त अभियानलाई प्रयोजन गर्नेहरुलाई मंगलबार एक कार्यक्रमगरि सम्मान गरिएको हो ।
उक्त अभियानकालागि व्यबसायी हस्त जिएम र दुर्गाप्रसाद कडेँलले १५÷१५ थान तथा प्रकाश वली र नवीन राईले ५÷५ थान ‘आहा तुलसीपुर’अभियान लेखिएको लोगोसहितको ‘टिसर्ट’ उपलब्ध गराएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
अभियानका अभियन्ता दिपक काफ्लेसहितको टोलीले सम्मान गरेको हो । साथै अभियानलाई दाङ फेमिना ग्रुपलगायतका अन्य संघसंस्थाहरुको सक्रियतामा अगाडी बढाउने तयारी गरिएको काफ्लेले बताए । त्यस अवसरमा प्रमुख अतिथि राष्ट्रिय युवा परिषद दाङका अध्यक्ष सुरेश रावतले युवाहरुलाई समाज परिबर्तनसंगै उत्पादनशिल कार्यमा पनि सहभागि हुनुपर्ने बताए । कार्यक्रममा शिक्षक गोपाल गिरी र फेमिना दाङको तर्फबाट अस्मिता आचार्यले मन्तब्य ब्यक्त गरेकी थिईन् । कार्यक्रमको सहजीकरण अभियन्ता यामप्रसाद पाण्डेले गरेका थिए ।