केही दिनभित्रै सार्वजनिक सवारी चलाउँछौं : व्यवसायी
दाङ, ३ साउन ।
यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी चलाउने भएका छन् । मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले अब सार्वजनिक सवारी चलाउन तयारी थालेका हुन् ।
उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौद्रिक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु तयारीमा जुटेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले २÷३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने जानकारी दिए । यातायात व्यवसायीहरुले साउन ७ गतेबाट सकारसँग वातावरण सहज बने लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव पनि गरेका छन् ।