धारापानी सामुदायिक बन ः राजनीतिक दलद्वारा आरोप खण्डन
तुलसीपुर, १ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित धारापानी सामुदायिक बनमा भएको हिनामिना प्रकरणका विषयमा राजनीतिक दलहरुले आफ्नो धारना सार्वजनिक गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गरि राजनीतिक दलहरुले छानबिन समिति गठनको प्रक्रिया अघि बढाएको भएपनि बन समूहको कार्यालयमा तालाबन्दी गर्दा उक्त कार्यमा अवरोध भएको विज्ञप्तिमा उल्लेख छ ।
सामुदायिक बनको भवनमा सीमित ब्यक्तिले ताला लगाएको र राजनीतिक दललाई पनि बिभिन्न आरोप लगाएको भन्दै त्यसको निन्दा पनि गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रेमप्रसाद खनाल, काँग्रेसका हरिबहादुर थापा, जनता समाजवादी पार्टीका दीपक पोखरेल, राष्ट्रिय जनमोर्चाकालागि श्यामलाल पोखरेलले हस्ताक्षरगरि विज्ञप्ति जारी गरेका हुन् ।