दाङमा रगतका प्लेट छुट्याउने कम्पोनेट मेसिन जोडिने
घोराही, १९ असार ।
रक्त सञ्चार केन्द्र घोराहीमा कम्पोनेट मेसिन जडान हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ मार्फत् सञ्चालन भइरहेको रक्त सञ्चार केन्द्रमा कम्पोनेट मेसिन जडान हुने भएको हो ।
प्रदेश ५ को सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयको आर्थिक सहयोगमा कम्पोनेट मेसिन जडान हुने भएको छ । प्रदेश सरकारको २५ लाख र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको तीन लाख ५२ हजार ३ सय रुपैया गरी २८ लाख ५२ हजार ३ सयमा उक्त मेसिन खरिद गरिएको हो ।
रक्तकोष निर्माण मेसिन नहुदा यसअघि दाङका बिरामीलाई बाँके, रुपन्देहीसम्म लग्नुपर्ने बाध्यता रहेको थियो । उक्त मेसिनले रातो, सेतो प्लेटनेश छुट्याउने काम गर्दछ ।
बिरामीलाई कुन कोष आबश्यकता परेको छ उक्त कोष निर्माणका लागि रक्त सञ्चार केन्द्रमा मेसिन जडान गर्न थालिएको छ । मेसिन ल्याए पनि बिद्युत् र कोठाको समाधान भएपछि जडान हुने रक्त सञ्चार केन्द्रका ईञ्चार्ज दिलिप न्यौपानेले जानकारी दिए ।