जबरजस्ती करणीका अभियुक्त डेढ बर्षपछि पक्राउ
तुलसीपुर, १ असार ।
दाङमा फरार अभियुक्त डेढ बर्षपछि पक्राउ परेका छन् । २०७५ पुस ६ गते दिउसो २ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी अनमोल केसीले १४ बर्षीया वालीकामाथि करणी गरेर फरार रहेको अबस्थामा सोमबार पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार वालिकालाई हिडि रहेको अवस्थामा जवरजस्ती करणी गरि फरार रहेका केसीलाई पक्राउ गरि हिरासतमा राखिएको छ ।