गढवामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
शिबराज पन्थी
गढवा १ असार । गढवा गाउँपालिकाका बिभिन्न स्थानहरुमा नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवका अनुसार सडक ग्राभेल र सरसफाईमा झण्डै एकसय साठी जना नागरिकहरु परिचालन गरिएको छ ।
गढवाको वडानं. १ पत्रिङ्गामा ४२ जनाले काम गरिरहेका छन् भने वडानं. २ को चिमचिमेमा ३७ जनाले काम गरिरहेका छन् । त्यस्तै वडानं. २ को महदेवामा ३८ जना सडकको रोजगारमा परिचालित भएका छन् भने वडानं. ५ को मुक्त कमैया बस्तिाको सडक सरसफाइमा ४३ जना नागरिकहरुले काम गरिरहेको रोजगार सुचना केन्द्रका संयोजक अशोक यादवले जानकारी दिए ।
रोजगारमा संलग्नहरुलाई डोर हाजिरी अनुसार दैनिक ५ सय रुपिया प्रदान गरिने र अन्य वडाहरुमा पनि कार्यक्रम संचालन गर्न योजनाहरु छनोट गरिदै गरेको रोजगार सुचना केन्द्रले जनाएको छ ।