दाङमा त्रिशुल प्रहारबाट एक जनाको हत्या

दाङ, ३० जेठ ।
दाङमा त्रिशुल प्रहारबाट एक जनाको हत्या भएको छ । बबई गाउँपालिका–३ धनुमासका २४ वर्षीय बालीराम वलीले स्थानीय ४७ वर्षीय नारायण डाँगीलाई त्रिशुलले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर ल्याउदैै गर्दा बाटोमा मृत्यु भएको निल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । 

आरोपित वलीले आफैलाई पनि त्रिशुल प्रहार गरि घाइते भएको उहाँले बताउनुभयो । घाइते वलीको प्रहरीको निगरानीमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी खड्काले बताउनुभयो । 

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर