दाङमा दुईजना संक्रमित थपिए संगै संक्रमितको संख्या ७६ पुगे
तुलसीपुर, २५ जेठ ।
दाङमा दुईजना कोरोना संक्रमित थपिएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतार गरिएको स्वाब परीक्षणमा लमही नगरपालिका वडा नं. ५ सतबरियाका २७ बर्षीय र घोराही उपमहानगरपालिका वडा नं. १९ का २४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो संगै दाङमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।