दाङको तुलसीपुर ८ मा देखिएको झाडापखाला नियन्त्रणमा
तुलसीपुर, १३ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ८ डाँडाखुट्टी र कृष्णमन्दिर क्षेत्रमा देखिएको झाडापखाला नियन्त्रणमा आएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार त्यस क्षेत्रमा ९० जना भन्दा बढिमा पेट दुख्ने तथा झाडापखालाको समस्या देखिएको थियो ।
सोमबार सोही क्षेत्रमा हेल्थ क्याम्प स्थापना गरेर उपचार गरेपछि अहिले अबस्था सामान्य रहेको केसीले बताए । उनका अनुसार खानेपानीकै कारण झाडापखाला तथा पेटदुख्ने समस्या देखिएको हो ।
धाराबाट आएको पानी उमालेर तथा फिल्टर नगरेरै प्रयोग गरेकाले त्यस्तो भेटिएको केसीले बताए । खानेपानीकै कारणले समस्या आएपछि सोमबार अमृतपुर खानेपानीको तुलसीपुर ३ स्थित मुहानको समेत अवलोकन गरिएको थियो ।
ट्याङ्की सफा गर्ने क्रममा ट्याङकीको पानी धमिलो भएको र त्यसले समस्या पारेको भएपनि अहिले त्यस्तो समस्या नरहेको केसीले बताए । खानेपानीका पदाधिकारीहरुले भने खानेपानीका कारणले झाडापखालाको समस्या नदेखिएको बताएका छन् ।