चौरजहारी घटना : ति किशोरीको संरक्षणमा ध्यान दिनुस् : सांसद राई

तुलसीपुर, १३ वैशाख ।

राष्ट्रियसभा सदस्य विमला राई पौडेलले चौरजहारी घटनामा प्रेमिका भनिएका मल्ल थरकी ति किशोरीको संरक्षणमा ध्यान दिनुपर्ने बताईन् ।

अहिलेको घटना आफ्नो कारणले भएको भन्ने मनोबैज्ञान ति किशोरीमा हुने भन्दै उनको मनोसामाजिक परामर्स र दह्रो संरक्षणामा राख्नु पर्ने बताईन् । राष्ट्रियसभाको बैठकमा आफ्नो भनाई राखदै उनले भनिन् ‘ मेरो कारणले यस्तो घटना भयो भन्ने हुन्छ, त्यसलै यस्तो अबस्थामा अभिभावकबाट टाढा राखेर संरक्षणमा राख्नुपर्छ ।’

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर