स्थानीयहरुले उपभोग गर्दै आएको धारा काटियो
हिमाल खडका
दाङ, १३ जेठ ।
दाङको बबई गाउपालिका वडा नं. ३ स्थित पुरन्धारा सरसफाइ तथा खानेपानी उपभोक्ता समितिले खानेपानीको धारा काटिएपछि स्थानीयहरु चिन्तित बनेका छन् ।
रातामाटाका बासिन्दाका लागि शुरुमा रु ५०० र न्युनतम शूल्क मासिक रु २५ लिई करिब १५ घरको लागि छोडिदिएको धारा अहिले उपभोक्ता समितिले काटिदिएको छ ।
नजिकै रहेको घट्टेखोलामा अर्को खानेपानी आयोजना निर्माणाधीन रहेको र सोही आयोजना पूरा भएपछि त्यसकै उपभोक्ता बन्न सक्ने भनेपछि विनाजानकारी समितिले खानेपानी धारा काटिएको हो । यद्यपी घट्टेखोला खानेपानी आयोजना निर्माण गर्न अझै एक बर्ष लाग्ने अनुमान गरिएको हो । त्यो समयसम्म कसरी खानेपानी आपूर्ति गर्ने भन्ने अहिले त्यहाँका स्थानीयमा चिन्ता थपिएको हो ।