माछा मार्न हिडेका रोल्पाका एक व्यक्तिलाई अर्धचेत अवस्थामा उद्दार
सन्दिप डाँगी
रोल्पा, १० जेठ ।
माछा मार्न हिडेका रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नं. १ घोडागाउँका एक व्यक्तिलाई अर्धचेत अवस्थामा उद्दार गरिएको छ । शुक्रबार साँझ ५ वजे माडी खोलामा माछा मार्न हिडेका भुपेन्द्र कवँरलाई उनका साथिहरुले उद्दार गरेका हुन ।
आफ्ना साथिहरुलाई खोला किनारामा राखेर कवँर खोलामा पसेका थिए । करिव ५ –६ मिनेटसम्म पनि खोला बाहिर नआए पछि खोलामा हेर्न जाँदा खोलाको गहिराइमा अचेत अवस्थामा उनलाई फेला पारेको प्रत्यक्षदर्शि दामोदर केसीले बताए । ३३ बर्षीय उनलाई उनका साथी कुमार घर्तीले खोला बाट निकालेका हुन् ।
अर्धचेत अवस्थामा रहेका उनलाई भिग्री प्युठानमा रहेको प्राथमिक स्वास्थ्य चौकिमा सामान्य उपचार पछि वुटवल रिफर गरिएको थियो । उनलाई अहिले बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा भर्ना गरिएको छ ।
प्युठानको किमिचौरमा कपाल काट्ने पेशा गर्ने कवरको कुनै दिर्घ रोग नभएको पारिवारीक स्रोतले बताएको छ । माछा मार्न खोलामा पसेका उनी कसरी अचेत भए भन्ने बारेमा अनुसन्धान भइरहेको सुनिलस्मृती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केशवलाल कवरले जानकारी दिए ।