गढवाका ३ स्थानमा क्वारेन्टिन
शिबराज पन्थी
जेठ ९ गढवा ।
गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा बिदेश लगायत देशका बिभिन्न ठाउँमा कार्यरत नागरिकहरु भित्रिन थालेपछि गाउापालिकालाई क्वारेण्टाइन ब्यवस्थापनको चटारो परेको अध्यक्ष सहजराम यादवले जानकारी दिनुभएको छ । जस अनुसार जनता माबि गढवामा ४० बेडको क्वारेण्टाइन निर्माण भै सकेको छ भने माबि चैनपुरमा ३५ बेडको क्वारेण्टाइन तयार गरिएको वडा अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । यसैगरी सरस्वती माबि गोबरडिहामा ५० बेडको क्वारेण्टाइन ब्यवस्थापन गरिएको वडा अध्यक्ष तुलसिराम अधिकारीले जानकारी दिनुभयो । यो समेत बिहीबार साँझ सम्म गढवा गाउँपालिकाले कुल १२० बेडका ३ वटा क्वारेण्टाइन तयार गरिसकेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।
त्यस्तै वडानं. ४ को दिपेन्द्र होमजुन माबिमा पनि वडा स्तरको क्वारेण्टाइन निर्माण गरिएको वडा अध्यक्ष गुलाम मोहम्मदले जानकारी दिनुभयो । वडा नं. १ लगायतका अन्य वडाहरुमा पनि वडा स्तरमा स्वदेशबाट भित्रिने नागरिकहरुलाई राख्न सामुुदायिक क्वारेण्टाइन बनाइदै गरेको गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिनुभएको छ ।
यसैबिच गढवा गाउँपालिकाका बिभिन्न स्थानहरुमा तयार गरिएका क्वारेण्टाइनहरुको बिहिवार गाउँपालिकाले प्रभावकारी ब्यवस्थापन गर्न आवश्यक सामाग्रीहरु पठाएको छ । सबै क्वारेण्टाइनहरुमा गाउँपालिकाका अध्यक्ष सहजराम यादव,प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगि,वडा अध्यक्षहरु प्रकाश भण्डारी,तुल्सीराम अधिकारी,नागरिक समाज देउखुरीका प्रबक्ता शंकर पाण्डेय र गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य लगायतको टिमले अबलोकन गर्दै थप स्तरियताका लागि सुझाव दिएको छ ।
पुस्तकालयद्धारा क्वारेण्टाइनमा सामाग्री हस्तान्तरण
देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाले गढवा गाउँपालिका वडानं. ५ मा तयार गरिएको क्वारेण्टाइनलाई हात धुने पानीको ड्रम,सेनीटाइजर र साबुन हस्तान्तरण गरेको छ । रिड नेपालद्धारा संचालित नेपालमा अपांगता समाबेशी विपद् जोखिम न्यूनिकरण प्रबर्धन परियोजना मार्फत सामाग्री हस्तान्तरण गरिएको पुस्तकालयले जनाएको छ । पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट र सचिव शिबराज पन्थीले वडा अध्यक्ष प्रकाश भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो । पुस्तकालयले भोली शुधmवार गोबरडिहामा बनेको ५० बेडको क्वारेण्टाइनलाई पनि सेनिटाइजर हस्तान्तरण गर्ने योजना रहेको बताएको छ