दाङमा थप १ जनामा कोरोना संक्रमण पुष्टि
तुलसीपुर, ८ जेठ ।
दाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ बर्षीय पुरुषमा विहीबार कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास प्रसाद देवले बताए । ति ब्यक्तिलाई जिल्ला स्वास्थ्य कार्यालय दाङ र घोराही उपमहानगरपालिकाको निगरानीमा राखिएको छ ।