चलचित्र पत्रकार संघ नेपाल दाङ द्धारा रक्तदान कार्यक्रम सम्पन्न
भुपेश वली,
जेठ ७ दाङ ।
२१ औं चलचित्र पत्रकारीता दिवस २०७७ कोे अबसरमा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज रक्तदान कार्यक्रम सम्पन गरेको छ ।
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (Covid 19) का कारण विश्वका धेरै देशहरु मध्ये नेपाल पनि पर्दछ । यतिबेला हरेक Blood bankहरुमा रगतको कमि भइरहेको हुदा त्यसलाई मध्येनजर गर्दै चलचित्र पत्रकारीता दिबसको अबसर पारेर चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । अहिलेको परिस्थिती अनुसार कुनै औपचारीक कार्यक्रम नगरी सामाजिक दुरी कायम राख्दै उक्त कार्यक्रम सम्पन्न गरिएको दाङ शाखाका अध्यक्ष शिब पुनले जानकारी दिनुभयो ।
कार्यक्रममा केही चलचित्र पत्रकार, त्रीशिद्धेश्वरी राप्ति यातायात प्रा.लि. का अध्यक्ष एवं समाजसेबी सुरेस हमाल, अहिले सामाजिक सेवामा सकिृय युवाहरुको दारी ग्याङ साइक्रेस देबकोटाको नेतृत्वमा करिब ७ जनाको उपस्थित रहेको थियो भने अन्य पत्रकार, समाजसेवीहरुको पनि उपस्थिती रहेको थियो । आजको यो रक्तदान कार्यक्रमले Blood bank मा रहेको रगतको अभाबलाई परिपुर्ती गर्ने नेपाल रेडक्रस स्वसाइटी रक्तसंन्चार केन्द्र दाङ ले जनाएको छ । आजको रक्तदान कार्यक्रममा सहभागी व्यक्तिहरुको नाम यसप्रकार छ ।
1 भुपेश वली
2 राजेश खत्री
3 शुरेस हमाल
4 चेतन रग्मी
5 अन्जना चौधरी
6 राजेन्द्र महतरा
7 निर्मल खड्का
8 एच आर मगर
9 झग्गु भण्डारी
10 शान्ति जि एम
11 प्रबेश भुसाल
12 विनायक रेग्मी
13 प्रकाश डागी
14 बिकाश कुसारी मगर
15 प्रबिन रिजाल
16 सुमन रिजाल
17 बिबेक वली
18 ढुण्डी राज वली