तुलसीपुर ४ का संक्रमितका परिवारको रिपोर्ट ‘नेगेटिभ’
तुलसीपुर, ४ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी ४६ बर्षीय कोरोना संक्रमितका परिवारको ¥यापिड टेष्ट गरिएको छ । तुलसीपुर ४ स्थित घरमै रहेका उनीहरुका ७ जनाको परिवालाई टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य पर्वद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।
ति ब्यक्ति शान्तिनगर गाउँपालिका वडा नं. ५ निवासी आफनो वहिनी ज्वाईलाई उपचारकालागि काठमाडौं गएका थिए । दाङबाट उनले केही दिन राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बसे । त्यसपछि थप उपचारकालागि उनको ज्वाईलाई नेपालगञ्ज लगियो । उनी पनि संगै नेपालगञ्ज गए । नेपालगञ्जबाट पनि काठमाडौं रेफर गरेपछि ज्वाइसंगै ति ब्यक्ति पनि काठमाडौं गए ।
ज्वाईको उपचारमा सहयोगी बन्दै आएका ति ब्यक्ति सोही अस्पतालमै संक्रमित भएको जनस्वास्थ्य निरीक्षक केसीले बताए । उनी भारतबाट फर्केको भन्ने कुरा सत्य नभएको समेत बताए ।
काठमाडौंमै विरामी कुरुवाको रुपमा काम गरेको र त्यो समयमा अन्य घर–परिवारसंग समेत भेट नभएको उनले बताए । उनी दाङबाट चैत २७ गते बाहिर जिल्ला हिडेका थिए । उनका ज्वाई भने मलेसियाबाट एक महिना अघि फर्केका थिए । तर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । टाउकोमा चोट लागेका उनको उपचारकालागि श्रीमति पनि संगै थिईन् । उनकी श्रीमतिको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।