राहतकालागि सडक निर्माणमा जुटे स्थानीयहरु

दाङ, ३ जेठ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ ले ‘श्रमदान पछि माम’को नीति अबलम्बन गरेको छ । सरकारले कोेरोना भाइरस(कोभिड–१९) नियन्त्रण तथा रोकथामकालागि गरेको लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका परिवारलाई श्रम गरेर सोही अनुरुप आबश्यक दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने भएको वडाध्यक्ष भिम बहादुर सार्किले बताए ।

सोही वडामा प्रायः दलित , निम्न आय स्तर भएका बिपन्न परिवार र दैनिक ज्यालामजदुरी गरेर गरेर जिबिकोपार्जन गर्ने परिवार रहेकाले पनि यस्तो नीति अबलम्बन गरेको उनको भनाई छ ।

भौतिक दुरी कायम गरि प्रत्येक टोलका ५ देखि १० जना घरधूरीको एउटा श्रम सहकार्य समूह बनाएर काम शुरु गरेको अध्यक्ष सर्कीको भनाई छ ।

उनीहरुले सडकको नयाँ ट्रयाक निर्माण , पोखरी निर्माण , सिचाई, विद्यालय प्रांगन निर्माण आदिका काम गर्नेछन् । वडाले यस अघि नै करिब ६५० घरधुरीलाइ करिब १२० क्विन्टल चामल , ७ क्विन्टल दाल , ७ क्विन्टल नुन , ३७० लिटर तेल र ७०६ पिस साबुन राहत स्वरुप अति बिपन्न , श्रमिक , कोठा भाडामा बस्ने मजदुर , विद्यार्थी लाई राहत स्वरुप उपलब्ध गराएको राहत बितरण बितरण एबम ब्यबस्थापन युबा कार्यदलका संयोजक गिरबहादुर महराले जानकारी दिए ।

उनका अनुसार वास्तविक पीडितसम्म राहत पु¥याउनकालागि श्रमदान गर्नु पर्ने नीति अबलम्बन गर्नु परेको हो । ४२ टोल बिकास संस्था रहेको उक्त वडामा पहिलो चरणमा अति बिपन्न परिवार छनोट गरि नयाँ बाटोको ट्रयाक खन्ने काम सुरु गरिएको छ ।

घोराही ४ बाह्रहाङ्गे सरे सोता देखि लक्ष्मिपुर सुकेदहसम्म करिब ४ किलो मिटर बाटोको ट्र्याक खोल्ने काम सुरु भएको छ । प्रती परिवारको एक जना व्यक्ती उक्त श्रमदानमा जान पाउने व्यवस्था गरिएको छ । उक्त व्यक्तिलाइ ३ दिनसम्म काम गर्न पाउने व्यबथा गरिएको छ ।

श्रमदान गरे बापत प्रत्येक व्यक्तिले २५ केजी चामल , १ केजि दाल , १ केजि नुन र १ पोका तेलको व्यबस्था गरिएको संयोजक महराले जानकरी दिए । अपाङ्ग असक्त र काम नै गर्न नसक्ने परिवारका लागि भने श्रमदान गर्नु पर्ने छैन , उनीहरुको परिवारको अबस्था हेरि राहतको व्यबस्था गरिएको छ ।

अहिलेसम्म करिब १५० घरधुरी श्रमदानमा सहभागी भएका छन् । श्रमदानमा सहभागी मित्रलाल नेपालीले वडा सरकारले आफुहरु जस्ता बिपन्न एबम दैनिक ज्यालामजदुरी गर्ने परिवारको अभिभाकत्व ग्रहण गरेको खुसी व्यक्त गरे ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर