“मेराे लकडाउन”-आरती अर्याल
मेरो लकडाउन
कुनै देशलाई चन्द्रमामा पाइला टेक्न हतार थियो त कुनै देशलाई मंगल ग्रहमा मानव वस्ती बसाउने होडबाजी थियो। कुनै देश आफुलाई शक्तिशाली सावित गर्न हातहतियार प्रक्षेपण गर्नमा नै व्यस्त थिए। प्रत्येक मानिस,प्रत्येक समाज प्रत्येक देश समग्रमा पुरै विश्व स्वार्थी भैसकेको थियो। पैसाको पछि भाग्दा भाग्दै आफुलाई टेक्न दिने पृथ्वी माताको बारेमा सोच्ने समय सायदैलाई थियो होला। जब सबैभन्दा चेतनशील प्राणी नै अमानवीय कार्यमा पुर्ण रुपमा संलग्न हुन थाल्यो यत्तिकैमा यो सारा मानव जगतलाई अकल्पनीय धक्का लाग्यो। कारण एकमात्र विश्व भरी फैलिएको corona virus(covid-19)।
विश्व जगतमा एकछत्र राज गरेको मानव जाती आज आफ्नो सभ्यता जोगाउन भएभरको अस्त्र प्रयोग गरिरहेको छ।आज मानव जाती भयावह अवस्थामा बाचिरहेको छ। एउटा भाइरस सँगको लडाइमा लगभग परास्त भईसकेको छ, घुडा टेकिसकेको छ। आत्मसमर्पण गरिसकेको छ।
चिनको वुहानबाट फैलिएको corona भाइरसले विश्वभरी नै भयावह अवस्था सृजना गरेपछि नेपालमा पनि यसको असर देखिन थाल्यो । सरकारले सजकता अपनाउदै चैत्र ११ गतेका दिन देखि लकडाउन गर्ने निर्णय लिग्यो, जुन आवस्यक थियो। लकडाउन जारी गरे सँगै सरकारको निर्णयलाई सम्मान गर्दै र जिम्मेवार नागरिकको भुमिकामा आफुलाई बाधेर म घरबाट बाहिर निस्केकी छैन। घरका चार दिवाल ,छत,आगन बाहेक मैले अरु देखेकी छैन। न त देख्ने इच्छा पनि छ। मेरो कारणले कसैलाई जोखिममा पार्ने काम म गर्न सक्दिन।
विद्यालयमा पुर्ण रुपमा पठनपाठन बन्द भैसके पछि आफु निकै फुर्सदिलो भएको महसुस गर्न थाले।अवस्था भयावह भए सँगै लकडाउनको अवधी पनि लम्बाउने निर्णय नेपाल सरकारले लिग्यो। लकडाउनका शुरुका दिनहरु सामान्य रुपमै बित्न थाले। तर विद्यालयका कार्यक्रमहरु बाट टाढा भैसकेको पछि मेरो दैनिकीमा केही असर देखिन थाल्यो। निरन्तर विश्व भरिको समाचार सुन्न थाले सँगै मेरा मनमा अनेकौं प्रश्नहरु उब्जिएका छन। तर कतिपय प्रश्नहरु उत्तरबिहिन छन ।
म आज आफैसँग प्रश्न गरिरहेको छु सोचमग्न भएकी छु।यो कस्तो समय आयो। आज आफ्नो ज्यान जोगाउन आफ्नै प्रियजन सँग दुरि बनाएर बस्नु पर्ने? आफ्नो मात्र होईन आफ्नो वरिपरिका लागि पनि आफुले सतर्कता अपनाउनु पर्ने?सामाजिक दुरि नै यसको सबैभन्दा ठूलो रोकथाम गर्ने उपाय रे? यो छुवाछूत जस्तै छैन र? युगौयुग देखि छुवाछूत जस्तो विकृतिको चपेटामा च्यापिएकाहरुको पीडा आज संसारले भोगिरहेको छ । एकछिन एकअर्कासँग हाय हेल्लो गर्न नपाउँदा म छटपटाइरहेकी छु । दशकौंदेखि भोग्दै आएकाहरुको पीडा के हो अनुभुती पनि गरेको मैले महसुस गरेकी छु। साच्चै प्रकृति महान छ । पाठ सबैलाई सिकाएको छ।
आज हातहतियार प्रयोग गरेर विश्व युद्ध लडेको भए सायद चीन,अमेरिका,इटाली,जर्मनी, UK जस्ता रास्ट्र विश्वविजेता रहन्थे होला तर आज भाइरससँगको लडाइँमा यिनै रास्ट्रको सबै भन्दा बढी क्षति भएको कुरालाई नकार्न सकिन्न। हातहतियार बनाउन,किन्न,बेच्न एकअर्कासँग तछाडमछाड गर्ने यी रास्ट्रहरुले पक्कै पनि पाठ सिके होलान् । मेरा मनमा एउटा अनौठो प्रश्न उठेको छ, “के मानव साच्चै चेतनशील प्राणी हो र?” यदि हो भने चन्द्रमा मा पनि विजय पाईसकेको मानवजातीले यति सुक्ष्म कुराको अनुमान गर्न किन सकेन ? यस्ता विषम परिस्थितिसँग लड्नु पर्छ भनेर पुर्व तयारी गर्न किन सकेन? आखिर खरबौ खरबको लगानीमा निर्माण भएका ती हातहतियार केका लागि जब मानव अस्तित्व नै धरापमा पार्न एउटा भाइरस काफी हुन्छ भने?
यो लकडाउनले मेरो जिवनमा केही सकारात्मक परिवर्तन ल्याइदिएको छ। कलेजका economics , account बुक बाहेक अरु किताबका मुख सम्म नहेर्ने म अहिले समयसदुपयोग को लागि भनेर साथीका करले पढेका केही किताब साच्चै जिवनोपयोगी ठहरिएका छन। स्कुल कलेजका बाहेक अन्य किताबको मैले महत्व बुझ्ने मौका पाए। Rich dad Poor dad, रक्तकुण्ड सँगै नेपालको इतिहास पढे र three mistake of my life जस्ता ज्ञानवर्धक किताब पढ्ने अवसर मलाई यहि लकडाउनले जुर्याइदियो। यी किताबको अध्ययन पश्चात् मेरा सोचमा सकारात्मक परिवर्तन आएको मैले आभाष गरेकी छु। आज यो लेख्नु पछाडी पनि कतै न कतै यिनै पुस्तक मेरा लागि प्रेरणा बनेका छन।
आज म आमासँगै बारीमा खनजोत गर्न सरिक भएकि छु। दिदिसँगै भान्सामा खाना बनाउन सिकेकी छु । हजुरबुबा सँगै बसेर नेपालको राजनीति बुझ्न थालेकी छु ।विडम्बना भन्नुपर्छ यो लकडाउनले थोरै नकारात्मक असर पनि पुर्याएको छ। आफुमा अलिकति अल्छिपना बढ्नुका साथसाथै सामाजिक सञ्जालमा बढी समय पनि बिताइरहेकी छु। र सबै भन्दा महत्वपूर्ण परिवारसँग समय बिताउँनु साच्चै स्वर्गीय पलको अनुभुती गर्नु पनि रहेछ।
अन्ततः सम्पुर्ण मानवजातिको दैनिकी पुनः आफ्नै गतिमा फर्किने विश्वास सहित,सम्पुर्ण मानवजातिलाई सतर्कता अपनाउन आग्रह गर्दछु । विश्वका लागि म आफ्नो तर्फबाट प्रार्थना गर्दछु। कोरोनाका कारण ज्यान गुमाउनु भएका सम्पुर्णमा श्रद्धाञ्जली अर्पण गर्दछु। धन्यवाद !!
आरती अर्याल