जुम्ल्याहा बच्चासहित ९४ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

तुलसीपुर, १ जेठ ।

दाङ तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाईनमा रहेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ निवासी अनिता यादवका जुम्ल्याहा बच्चाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

विहीबार दुबै छोरीको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुबो स्वाब परीक्षण गरिएको हो । यस अघि न्ै अनिताको रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

ति दुई बच्चाको तुलसी हस्पिटलमा आइसियुमा राखेर उपचार भईरहेको छ । साथै दाङका २५ जना पत्रकारको स्वाब परीक्षण रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रतिष्ठानले विहीबार ९४ जनाको स्वाब परीक्षण रिपोर्ट सार्बजनिक गरेको कायममुकायम कैलास देवले बताए । उनका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर