दाङमा दुइसय बढिको स्वाब परीक्षण

तुलसीपुर, २८ वैशाख ।

दाङमा दुइसय बढिको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ । पीसीआर विधीबाट दाङका दुईसय दुई जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

चन्दका अनुसार जिल्लामा दुईसय ५ जनाको आरडीटी टेष्ट गरिएको छ । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको छ । अहिले कोरोना बिशेष अस्पतालमा ११ जना आइसोलेसनमा रहेका छन् ।

उनीहरुको स्वाब संकलन भएर परीक्षणकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ ।

एकैपटक एकसय जनाको स्वाब संकलन

बाराबाट आएका दाङका एकसय जनाको शनिबार एकैपटक स्वाब संकलन गरिएको छ ।

संक्रमित जिल्लाबाट आएको र एकैपटक धेरै जना आएकाले उनीहरुको स्वाब संकलन गरेर परीक्षणकालागि पठाईएको फोकल पर्सन चन्दले बताए । उनका अनुसार बबई गाउँपालिकाका ४९ जना, तुलसीपुरका ४१ र शान्तिनगरका १० जनाको स्वाब संकलन गरिएको हो ।

इट्टा, भट्टामा काम गर्न गएका उनीहरु शुक्रबार र शनिबार दाङ भित्रिएका हुन् । छिमेकी जिल्लाहरु बाँके, कपिलबस्तु तथा रुपन्देहीमा कोराना संक्रमित भेटिएपछि सतर्कता अपनाईएको अबस्थामा पनि उनीहरु दाङ प्रवेश गरेका छन् । अहिले जिल्ला बाहिर गएका मजदुर भित्रिने क्रम जारी रहेपछि क्वारेन्टाइनमा पनि ब्यबस्थापन गर्न समस्या भएको छ । बबई गाउँपालिकाको क्वारेन्टाइनमा अहिले ११ वटा बेड मात्रै छन् । तर त्यहाँ अहिले ६४ जनालाई राख्नु पर्ने बाध्यता आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर