तुलसीपुरमा दैनिक दुइ घण्टा पसल खोल्ने सहमति

तुलसीपुर, २७ वैशाख ।

प्रहरीले दमन गरेको भन्दै शनिबार तुलसीपुरका कुनै पनि पसल नखोलेपछि प्रशासनले चासो देखाएको छ । जिल्लाका सुरक्षा प्रमुखसंग तुलसीपुरमा भएको छलफल पस्चात आइतबारदेखि पसल खोल्ने सहमति भएको छ ।

तुलसीपुर क्षेत्रका अति आबश्यक सेवा अन्तर्गत पर्ने खाद्यान्नका पसलहरु र सेवा बन्द गर्न नहुँने भन्दै पसल खोल्ने सहमति भएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक प्रमुख नवराज लामिछाने, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतलगायतको सहभागितामा भएको छलफल पस्चात आईतबार देखि प्रत्येक दिन बिहान ६ देखि ८ सम्म अति आबश्यक खाद्यान्न पसलहरु सञ्चालन गर्ने सहमति भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर