फुलवारीका १२ घरपरिवारलाई राहत वितरण
तुलसीपुुर, २० वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारीमा राहत वितरण गरिएको छ ।
मलेसियाबाट माधवी केसीले पठाएको १० बोरा र नेकपाका युवा नेता मोहन पौडेलको २ बोरा गरि १२ बोरा चामल राहत प्रदान गरिएको छ । पौडेलको पहलमा संकलन भएको उक्त राहत गरीब, असहाय, असक्त परिवारलाई प्रदान गरिएको हो ।
लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएकाहरुलाई सहयोग गरेको पौडेलले बताए । त्यस अवसरमा नेकपाका युवा नेता दिपशिखा घर्ती मगर, राजखुट्टी टोल विकास संस्थाका अध्यक्ष मघराज केसी, लालबहादुर केसी, कृष्ण खड्कालगायतको सहभागिता रहेको थियो । बिगतमा पनि यस्ता सामाजिक कार्य गरेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने पौडेलले बताए ।