लकडाउनको मौकाछोपी दाङमा अवैद्य उत्खनन्
दउखुरी, १७ वैशाख ।
लकाउनको मौकाछोपी दाङको लमही नगरपालिका वडा नं. ८ मा अबैद्य उत्खनन् भएको पाईएको छ । अवैधरुपमा माटो र ढुंगाजन्य वस्तुको उत्खनन् भएको भनि गुनासो बढेपछि जिल्ला अनुगमन समितिको टोलीले आज अनुगमन गर्दा यस्तो भेटिएको हो ।
प्रदेश नं. ५ का प्रदेससभा सदस्य रेवतीरमण शर्मा, सरस्वती गौतम, जिल्ला समन्वय समिति दाङका उपप्रमुख श्रीधर पौडेल, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासेसहितको टोलीले अनुगमन गरेको हो ।
बगारबाबा वालुवा प्रशोधन उद्योगले अनुमती विना उत्खनन् गरेको अनुमन टोलीले निष्कर्ष निकालेको छ । अनुगमनका क्रममा उद्योग नजिकै गहिरो खाडल खनेर माटो र ढुंगा जन्य वस्तु उत्खनन् गरेको पाईएको हो । सोही स्थानबाट एक हजार ४० घनमिटर ग्राभेल र एक हजार तीनसय ७३ सय घनमिटर माटो निकालिएको पाईएको छ ।