आज आमाको मुख हेर्ने दिनको अवसरमा एउटा दुखी आमाको सम्झना
“आमा”
भुपेश ओली, पूर्णिमा ओली
(हरेक जिबलाई मृत्यु भएर जाने धेरै माध्यम छन् तर जन्म लिन आमा नै चाहिन्छ ।
त्यही एउटा नारीको सत्य कथा एक पटक अबश्य पढौं)
आज मैले मेरो छोरालाई एक्कासी सम्झिय किनकी आठ बर्ष पुग्दै गरेको सानो छोरा हिजो देखि मामाको घरमा थियो । सानो उमेरमै उनको आमाले अर्थात मेरो जिवनसाथीले वाध्यतावस घर छोडेर परदेश जानु परेपछि छोराले ममीको माया पनि मै माथी नै सारेको थियो । उता ममी पनि त्यै छोराको मुख सम्झेर दुःख लाई दुःख नभनी आसुलाई हासोमा बदलेर वाचँेकी छिन । उनी परदेश गए देखि मलाई झनै जिम्मेवारी थपिएको छ, छोरालाई हेर्न, अब नथपियाेस पनि कसरी हामी दुबैको बाच्ने आधार त्यही एउटा छोरा न हो, अरु धेरै असफलताहरु भोग्दा भोग्दा हार खान लागी सक्यो जिबन,त्यसैले एकदिन मात्र अघि मामा घर गएको छोरालाई सम्झेर हत्तारिदै फोन गर्ने निधो गरे सायद हामि बुवा आमाको जस्तै हरेक बुवा आमाको आफ्नो सन्तानको पिर चिन्ता हुदो हो। म केहीबेर गहिरो सँग सोचमग्न भए । अनि फोन निकालेर माइतमा मेरो सासुआमालाई फोन डायल गर्न आमा भनेर Save गरेको contact list मा नाम सर्च गरे त्यहाँ दुइवटा आमा लेखेको नं. आयो म टक्क रोकीय… एक्कासी मेरो मनमा हावाहुरी मडारिन थाल्यो, धड्कन तेज सँग बढ्न थाल्यो । चिल चिल पसिना आउन थाले, हातगोडा लथ्रक्क गल्न थाले पाठक मित्र म सुनाउछु तपाईलाई आज मेरो जिवनको एउटा नमिठो घटना …… हतारिदै छोरालाई फोन गर्छु भनेको थिए । तर फोन नं. मा अड्किय सधै मेरो सासुआमालाई सिधै नं. डायल गरेर फोन गर्ने मान्छे आज खोई कसरी नाम सर्च गर्न पुगे सायद ठिक आज आमाको मुख हेर्ने दिन भएर होला भगवान पनि सम्झाउन खोजेको, हो पाठक मित्र यहाँ भयको दुईवटा आमाको नं. मध्य एउटा मेरो घरको आमाको नं. पनि थियो, जुन फोन आज उठ्दैन करिब तिन वर्ष हुन थाल्यो फोनमा मेरो आमाको आवाज सुन्न नपाएको र अव कहिले पनि सुन्न पाउने छैन । म लगातार स्वर्गमा भएकी आमालाई सम्झिन थाले यति ठुलो संसार श्रृजना गर्ने भगवान हुन भनेर भगवानलाई साझ विहान पुजा गर्छौ, सम्झन्छौ तर भगवानलाई अहिले सम्म कसैले देखेको छैन किनकी साक्षात भगवान त बुवा आमा हुन् कतिले जिउदा भगवानको संज्ञा पनि दिन्छन ।
तर आज धेरैे जसोले बुवा आमालाई बोझको रुपमा हेर्ने गर्छन । पृथ्बीमा (८४०००) चौरासी हजार जिब हुन्छ रे तर अरु कुनै जिबले पैसा कमाउदैन, मात्र मानिसले पैसाको लागि हत्या, हिंसा संगै क्रुर अपराध गर्न पनि पछि पर्दैन । यो आधुनिकता संग संगै पैसा सबैभन्दा ठुलो हो, भन्ने बुझाइले आफन्त, आफ्नोपन सबै भुल्ने बनाईदियो । मेरो जिवनमा थूप्रै घटनाहरु छन् तर अरु तिर नमोडिएर आमा तिर मात्र फोकस हुन चाहान्छु । मायाको बारेका जस्ले जसरी वर्णन गरेपनि साच्ची आमाको जस्तो बिशाल र निस्वार्थ माया कसैको पनि हुदैन, मेरो आमा मात्र होइन सबैको आमा त्यही विशाल हिर्दय भयकी हुन्छिन ।
नेपालको इतिहासमा भन्ने हो भने नेपालको पहिलो चलचित्र पनि आमा हाे । त्यस्तै आमाको वारेमा थुप्रै लेखहरु पनी लेखिएका छन, तर आमा शब्दमा जति व्याख्या गरे पनि कमि हुन्छ । सायद आज आमाको मुख हेर्ने दिन भनेर होला फेसबुक लगायत बिभिन्न सामाजिक सञ्जालहरुमा आमाको नाममा रंगीयलान, तर वास्तविक जिवनमा तपाईले आफ्नो आमालाई रंगिन बनाउनु भएको छ की छैन । फेसबुकको वाल नरंगाउनुस भनेको होइन पाठक मित्र, भन्छन् नि भन्नु र गर्नूमा फरक छ, हो त्यस्तै भन्ने मात्रै नगर्नुहोला किनकी आज मलाई जन्म दिने मेरो आमा यो धर्तीमा हुनु हुन्न । मैले यती भन्दा कतिलाई लाग्न सक्छ, “जिउदो हुदा ख्याल गरेन होला अहिले गफ लगाउछ” मैले यो लेख कुनै कल्पना गरेर लेखेको होइन कसैलाई बुझ्न मन लाग्छ भने सवै इतिहास साक्षी छ कि म र मेरो श्रीमती ले आमालाई कति ख्याल गर्थीउ भनेर, अन्त्य तिर के भन्न चाहान्छु भन्दा मेरो घरको आमा स्वर्गमा हुनुहुन्छ भने अर्को आमा माइतमा हुनुहुन्छ । म उहाँलाई भेट्न जादैछू । हो साथीहरु जब हाम्रो श्रीमतीले हाम्रो आमालाई आफ्नो आमा सम्झिन्छन भने श्रीमतीको आमा पनि हाम्रो आमा नै हुनुहुन्छ ।
हुनत मलाई मेरो श्रीमतीले पनि आमाको जस्तै माया र ख्याल गर्छिन, तर आमाको माया र श्रीमतीको माया छुट्टाछुट्टै हो, जसलाई तुलना गर्न मिल्दैन यहि माया छुट्याउन नजान्दा धेरैको घरमा झगडा हुने र आमाले दुःख पाउने गरेको समाजमा देखिन्छ ।
यहाँ म त्यो सन्तानको वारेमा पनि एक लाईन लेख्न चाहान्छु । कोही हुनुहुन्छ होला सायद आमाको कारणले पनि दुःख पाउनु भएको हुनसक्छ, सायद त्यो आमाको कुनै वाध्यता पनि हुन सक्छ, यदि वाध्यता होइन भने त्यो आमा शब्दमा पर्दैन त्यो अपवाद हो ।
आमाको रुपमा अर्थ सहित विस्तृत रुपमा लेख्ने छु,
त्यो आमा…. जसले आफु मरेर सन्तान लाई जिबनदान दिन्छीन ।
त्यो आमा…. जसले आफु भोकै बसेर पनि सन्तानलाई खुवाउछीन ।
त्यो आमा….जसले आफु नाङ्गै भएर पनि सन्तानलाई न्यानो राख्छीन ।
त्यो आमा…. जसले श्रीमान अर्को श्रीमती लियर गएपनि दुःख गरेर तपाईलाई हुर्काउछीन । त्यस्तो आमाको बारेमा लेखेर कहिल्यै सकिदैन ।
जय आमा! जय आमा!! जय आमा!!!