आज लकडाउनको २७ औं दिनमा दाङ तुलसीपुर यस्तो देखियो
अबिसेक डाँगी/दाङ
बैशाख ७ दाङ्ग ।
आज लकडाउनको २७ औ दिन पनि अन्य दिनजस्तै दाङ सहित देशैभरका शहर बजार सुनसान छन् । सरकारले बैशाख १५ गतेसम्म देशैभर लकडाउन जारी राख्ने निर्णय गरेपछि बिगतका दिन जस्तै आजपनि दाङका बजार सुनसान रहेका छन्। त्यसै गरि तुलसीपुर ६ कै रजौरा टोलका बासिन्दाहरुले पनि लकडाउनको राम्रोसँग पालना गरेको हाम्रा संवाददाता कृष्ण अधिकारीले जानकारी दिएका छन् ।
सरकारले पहिलोपटक चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । त्यसलाई जारी राख्दै चौथो पटक मंगलवार लकडाउनलाई बैशाख १५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । नेपालमा पनि कोरोना संक्रमित बढ्दै गएपछि लकडाउमा थप कडाई गरिएको छ । बिभिन्न बहाना बनाएर लकडाउन उल्लंघन गर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले सर्वसाधारणलाई लकडाउनमा घरभित्रै बस्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । अत्यावश्यक सवारी साधन भने संचालन भइरहेका छन् ।
यसैगरी दाङ बाहिर पनि लकडाउनको कडाइका साथ पालना गरिएको छ । ७७ वटै जिल्ला र सातै प्रदेशका शहर बजार सुनसान छन् । राजमार्गमा पनि अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् ।