पैदल हिडेर ८ दिनमा दोलखाबाट तुलसीपुर
तुलसीपुर, ५ वैशाख ।
सल्यानका मजदुरहरु ८ दिनमा दोलखाबाट तुलसीपुर पुगेका छन् । सरकारले कोरोना भाइरस फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरेपछि उनीहरु दोलखाबाट हिडेर आएको सल्यान बाघचौरका थलराज चन्दले बताए । दोलखामा खाने कुरा पनि सकिएको र काम पनि नभएकाले हिडेरै यात्रा गर्नुपरेको बताए ।
दोलखामा वालको काम गर्ने क्रममा लडकडाउन भएपछि दैनिकी चलाउन समस्या हुने गरेको सोही ठाउँका प्रवीन रसायलीले बताए ।
आठदिनसम्म बीच–बीचमा कसैले खानेकुरा पनिदिन्थे भने कतै किनेर खाने गरेको उनले बताए । विहान ५ बजेदेखि राति ११ बजेसम्म नियमित हिडिरहेको चन्दले बताए । राति सुत्ने ठेगान नहुँने जहाँपायो त्यहीबीच सडकमै सुत्ने गरेको उनको भनाई छ । धेरै दिनसम्म नियमित हिड्दा खुट्टापनिदुख्ने तथा सुन्निने गरेको उनको भनाई छ ।
सल्यानबाट आएका १० जना नै बाघचौर नगरपालिका वडा नं. ६ निवासी रहेका छन् । उनीहरुले आफ्नो गाउँमा पुगेपनि घरमा पनिनबस्ने र गाउँघरका मान्छेसंग भेटघाट नगर्ने बताएका छन् । छुट्टै क्वारेन्टाईन बनाएर बस्ने उनीहरुले बताएका छन् । उनीहरुलाई तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’लगायतको पहलमा गन्तब्यमा पु¥याईएको थियो ।