दाङको कोरोना अस्पताल बेलझुण्डीको आइसोलेसनमा रहेका ५ जनाको रिपोर्ट ‘नेगेटिभ’

तुलसीपुर, ३ वैशाख ।

दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डीको आइसोलेसनमा रहेका ५ जनाको रिपोर्ट आएको छ । ९ जनाको स्वाब संकलन गरेर मंगलबार प्रादेशिक प्रयोगशाला बुटवल पठाईएका मध्ये ५ जनाको आज रिपोर्ट आएको हो । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती मध्ये तीन जना कैलालीका संक्रमितसंगै आएकाहरु हुन् । अन्य चारजनाको भने आउने क्रममै रहेको छ ।

त्यस्तै बेलझुण्डीमा रहेका राहिमुल्ला स्टोरका सञ्चालकसहित पाँचजनाको स्वाब संकलन भएको भन्दै भोली बुटवल पठाउने तयारी रहेको चन्दले बताए ।

साथै बुधबारसम्म जिल्लामा ४६ जना क्वारेन्टाइनमा रहेका छन् । तुलसीपुरमा १९ जना, शान्तिनगरमा २ जना, घोराहीमा २ जना, बंगलाचुलीमा ७ जना, लमहीमा ५ जना, राप्तीमा २ जना, राजपुरमा ३ जना र गढवामा ६ जना रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर