पुनःस्थापना केन्द्रमा नियमित दुव्र्यसन सम्बन्धी अनलाईन काउन्सिलिङ क्लास
सबिता रोका
बैशाख ३ दाङ ।
दाङको तुलसीपुरमा रहेको एक पुनःस्थापना केन्द्रमा रहेका व्यक्तिहरुलाई कोरोना महामारीको बारेमा काउन्सिलिङ क्लास भइरहेको बताईएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका १९ विजौरीमा रहेको नयाँ पाईला पुनःस्थापना केन्द्रमा सबै सुरक्षित रहेको र दैनिक अनलाईन मार्फत काउन्सिलिङ क्लासहरु ध्यान र योगा दिईरहेको बताईएको छ । संस्थाका कार्यकारी निर्देशक सुरेस भुषालको निगरानीमा दैनिक हेरचाह भैरहेको छ ।
कोरोना रोगको कारणले पुर्ण रुपले लकडाउनको पालना गर्दै सम्पुर्ण अभिभाबक ज्युहरु संग नियमित सञ्चार माध्यम बाट कुराकानी गराउदै लागु पदार्थ दुव्र्यसन सम्वन्धमा मनोविज्ञद्धारा नियमित परामर्श दिदै सुरक्षाको साथमा रेखदेख गरिएको छ ।
साथै कोरोनाको महामारीबाट सुरक्षित राख्नका लागि उक्त संस्थामा रहेका सबै व्यक्तिहरुलाई केन्द्रले सेल्फ क्वारेन्टाईनमा राखिएको सञ्चारकर्मी कृष्ण अधिकारीले जानकारी दिएका छन् । उक्त संस्थामा उपचारार्थीहरुलाई चैत्र ६ गते देखी घर परिवारका व्यक्ति संग भेट्न पनि दिईएको छैन ।
विश्व भरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) बाट बच्न संस्थाले यस्तो उपाए अपनाएको छ । साथै उक्त संस्थाले लागूपदार्थ दुव्यसनको कुलतमा फसेकाहरुको राम्रो संग हेरचाह गरि उक्त लतबाट छुटाउन राम्रो काम गर्दै आईरहेको छ ।