शान्तिनगर ५ मा राहत वितरण
निराश पान्डे
शान्तिनगर , ३० चैत ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ मा ४० हजार बढिको खाद्यान्न सहयोग गरिएको छ । बिभिन्न संघसंस्थको सहयोगमा त्यहाँ खाद्यान्न हस्तान्तरण गरिएको हो । लकडाउन का कारण दैनिक ज्याला मजदुरीगरि खाने बर्गलाई समस्या परेको जनाउदै शान्तिनगर गाउँपालिकाले त्यस्ता ब्यक्ती हरुको पहिचान गरि सातै वटा वडा हरुमा खाद्यान्न बितरण गर्दै आएको छ । यसै क्रममा शान्तिनगर वडा नम्बर ५ स्थित सुबास स्मृति सहकारी संस्था लगाएत एक दर्जन बढी संस्था हरुले ५२५ केजि चामल,१०० केजि नुन,२५.७ केजी दाल, र ३३० वटा मास्क गाउँपालिकाका अध्यक्ष कमान सिङ्गडाङ्गीलाई हस्तान्तरण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष गिरिराज बस्नेतले जानकारी दिएका छन।
शान्तिनगर गाउँ पालिकामा ज्याला मजदुरी गरि खाने बिपन्न समुदाय का लागि विभिन्न संघ संस्था हरुले सहयोग गर्ने क्रम जारी रहेको छ।