कोरोनाले विश्वलाई सिकाएको नेपाल सभ्यता

बिष्णु भण्डारी

यो शव्द अचेल कोरोनासित लड्ने महामन्त्र जस्तो भएको छ । धेरैलाइ यसको अर्थ राम्रोसंग थाहा छैन । १४ दिन कतै अलग राख्नु नै क्वारेन्टाइन हो , भन्छन्, प्राय ः मानिस । जुन गलत बुझाइ हो । ल्याटिन शव्द क्वाद्रागिन्ताबाट हुँदै इटालियन शव्द बनेको क्वारान्ताको अर्थ ४० हो भने ४० दिन अरुबाट छुटाएर राख्ने (जुन एकखालको सँजाय थियो) प्रचलन क्वारेन्टाइन भयो ।

छुटाएर राख्ने वा आफै छुटिएर बस्ने चलन आइसोलेशन, सेल्फ (आइसोलेशनको प्रचलन नेवार समाजमा पहिला देखि नै छ । यसलाइ पुच्वनेगुु भनिन्छ । मानिसको मृत्यु पश्चात ४५ दिन सम्म छट्टिएर बस्ने चलन आधुनिकता संगै १३ दिन सम्म झरेको छ । यो नि हाम्रो परम्परागत रूपमा चल्दै आएको क्वारेन्टाइन हो । यसका साथै घरहरु टाढा–टाढा बनाउने ,खाना खानु अघि साबुन पानी वा खरानी पानीले हात धुने , खाना खाने बेला धोती फेरेर खानु जस्ता धेरै कुरा आधुनिकतासंगै हराउदै जानु नै बर्तमानको उपज हो । अपरचित ब्यक्ति भेट्दा नमस्कार अनि आफ्नै आफन्त भेटदा ढोक चलन बास्तबमा हाम्रो सस्कृतिको सुन्दर पक्ष हो । जुन यो महामारीमा विश्वले अंगाल्न बाध्य भएको छ ।

यसका साथै बिहान उठेर नुहाउनु, सूर्यतर्फ फर्केर पुजा गर्नु, तुलसीको पात, बोझो मुखमा च्याप्नु जस्ता कार्य हाम्रा पुर्खाहरुले शरीर को प्रतिरक्षा प्रणाली वृद्धि गर्न गरेका थिए । जुन अहिले आएर बुझ्न थालिएको छ । हप्तामा कम्तिमा पनि एकपटक भए पनि नीम पानीले नुहाउने चलन पछि गएर साबुनमा परिणत हुन गगो । अहिलेका बैज्ञानिकहरु नि नीम पानीले सेनेटाइजरको काम गर्छ, भन्ने कुरामा सत्यता देखछन्, भने बोझो, हलेतो, ज्वानो, लसुन जस्ता चीजबीजहरुले शरिरको प्रतिरक्षा प्रणाली अर्थात इम्यौनिटी पावर बडाउछ भन्ने कुरामा बिश्वास गर्दछन् । यि सबै कुराहरु हाम्रा पुर्खाहरुले परापुर्बकाल देखिनै गर्दै आएका थिए ।

बिश्वभर माहामारीको रूपमा फैलिएको कोरोना भाइरसले हामी सबैलाई हाम्रा परम्परागत जीवन शैलीहरुमा पनि बैज्ञानिकता थियो भनी सम्झाउन बाध्य पारेको छ । हाम्रै कलासस्कृती नै बलियो छ भनेर‘वेस्टन कल्चर’ अपनाउनेहरुका लागि राम्रो सबग सिकाएको छ ।

(लेखक दाङको तुलसीपुर स्थित गोरखा मोडेल कलेजका विज्ञान संकाय प्रमुख हुन् ।’

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर