कोभिड – १९ ः दाङमा १९ जना आइसोलेसनमा
तुलसीपुर, २५ चैत ।
दाङमा मंगलबार रातिसम्म कोरोना भाइरस(कोभिड–१९) को लक्षण देखिएका १९ जना आइसोलेसनमा रहेका छन् । ति मध्ये गौरीफन्टा नाकाबाट आएका दाङका ८ जना र प्यूठानका तीन जना रहेका छन् । ति मध्ये घोराहीका ५ जना, राजपुरका १ जना, बबईका एकजना, लमहीका १ जना रहेका छन् । गौरीफन्टाबाट आएका दाङका दुईजनाको खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ । सबैजना बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालमा रहेका छन् । साथै आईसोलेसनमा घोराहीका रुपैडिहा बाट आएका एक जना, दुबैबाट आएका प्यूठानका दुईजना, तुलसीपुर क्वारेन्टाइनमा रहेका ४ जना, राप्ती प्रादेशिक अस्पतालमा कार्यरत एक जना कार्यलय सहयोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।
साथै दाङमा क्वारेन्टाईनमा मंगलबार ६ जना थपिएका छन् । फोकल पर्सन चन्दका अनुसार दाङका तुलसीपुर क्वारेन्टाइनमा रहेका ४ जनालाई आइसोलेसनमा लगिाएको छ , भने नयाँँ ६ जना थपिएका छन् । यो संगै तुलसीपुरमा १५ जना, गढवामा ४ जना,घोराहीमा ३ जना र बबईमा २ जना रहेका छन् । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण नदेखिए डिस्चार्ज गरिन्छ, भने लक्षण देखिए स्वाब परीक्षण गर्ने गरिन्छ ।