लकडाउनको समयमा भिमसेन केसीद्वारा सटर भाडा छुट
तुलसीपुर, २४ चैत ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी भिमसेन केसीले घरभाडामा छुट दिने घोषणा गरेको छन् । उनले घरमा रहेका तीन वटा व्यबसायीक सटर र १० वटा कोठाको भाडा नलिने घोषणा गरेका हुन् ।
सरकारले कोरोना भाइरस(कोभिड–१९)लाई मध्येनजर गरि लकडाउन गरेको र लकडाउनको समयमा हुने समस्यालाई मध्येनजर गरि आफ्नो घरबाट आउने मासिक ६५ हजार भाडा छुट गरेको उनले बताए ।
मुलुक कोरोना जित्ने लडाइमा रहेको भन्दै यस्तो बेला सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने समेत उनले बताए । यस्तो बिषम परिस्थितिमा आफुले घरमा भाडा लिएका बसेकाहरु र सटर भाडामा लिएर व्यबसाय गर्नेहरुको समस्या बुझेर छुट गरेको बताए । सञ्चार उद्यमी समेत रहेका उनी सामाजिक काममा क्रियाशिल हुँदै आएका छन् ।