नेकपा तुलसीपुर ५ द्वारा उपमहानगरपालिकालाई सहयोग

तुलसीपुर, २३ चैत ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तुलसीपुर उपमहानगरपालिका वडा न. ५ कमिटिले विपद व्यबस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । वडा कमिटि अध्यक्ष बेदप्रकास वलीसहितको टोलीले आईतबार तुलसीपुर उपमहानगरपालिकाको विपद ब्यबस्थापन कोषमा आर्थिक सहयोग गरिएको हो ।

अध्यक्ष वलीका अनुसार ११ हजार एकसय ११ रुपैँया सहयोग गरिएको हो । मुलुक कारोनासंगको लडाइमा होमिएको भन्दै यस्तो अबस्थामा आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने समेत अध्यक्ष वलीले बताए । साथै वडा मातहतका कमिटिहरुलाई पनि सक्दो सहयोग गर्न वडा कमिटिका सचिब दरिभान डाँगीले अनुरोध गरे

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर