पवननगर रेडक्रसका पदाधिकारीले राहत बीतरण गर्ने
तुलसीपुर, २१ चैत ।
नेपाल रेडक्रस सोसाईटी पवननगर उपशाखाको बैठक विहीवार भएको छ । उपशाखा सभापति दोर्ण वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.1 का वडाध्यक्ष लक्ष्मण भण्डारीको बिशेष सहभागितामा बैठक बसेको हो ।
बैठकले उपशाखाका सबै सदस्यहरुले २५÷२५ केजी चामल, १० ÷१० केजी दाल, २÷२ केजी नुन सहयोग गर्ने निर्णय भएको छ । साथै अन्य दाताहरु खोज्ने पनि निर्णय भएको छ । बैठकले कोरोना विशेष पिपदका लागि जनप्रतिनिधिसंग समन्वय र सहयोगकालागि शाखा सभापति दोर्ण बहादुर ओलीको संयोजकत्वमा समिति पनि गठन गरिएको छ । जसको सदस्यहरुमा वडा नं. १ मा लिलाराम न्यौपाने, ठाकुर बुढा, वडा नं. २ वाट ढुण्डिराज न्यौपाने र जयराम चौधरी, वडा नं. ३ वाट झविलाल घिमिरे र खुमा विक, वडा नं. ८ वाट देवा डाँगी र तिलकवहादुर केसी, वडा नं. ९ वाट डिला चापागाइ र खुमप्रसाद भण्डारीलाई तोकिएको छ ।