गाउँपालिकाद्वारा लोकसेवा किताव वितरण
दिप्तीशिखा चौधरी
दंगीशरण, १३ फागुन ।
दंगीशरण गाउँपालिकाले आज एक कार्यक्रमका बिच लोकसेवा तयारी कक्षा लिईरहेका बिधार्थीहरुलाई लोकसेवा किताव वितरण गरेको छ । गाउापालिकामा तीन महिना सम्म संचालन भईरहेको लोकसेवा तयारी कक्षामा सहभागि भएका सहभागीहरुलाई थप अध्ययनमा सहयोग पुग्ने उद्धेश्यले लोकसेवा किताव प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले सहभागिहरुलाई किताव वितरण गरेका हुन् । सो अवसरमा अध्यक्ष चौधरीले गाउापालिकाले गरेको यो प्रयास सफल बनाउँन लागीपर्न आग्रह गरे । “लोकसेवा तयारी कक्षा गाउापालिकाले आवशयक ठानेर कार्यक्रम तय गरेको हो गाउँतहमा निम्न वर्गका लागि आर्थीक रुपमा भार नपर्ने किसीमले संचालन गरेको हो यसलाई ब्यवहारमा कार्यान्वयन गरि अध्ययनलाई मसीनो तरीकाले अगाडि लग्नुस् उपलब्धि अवश्य हासील हुन्छ, र आगामी दिनमा आफनै ठाउँबाट लोकसेवा पास गरेका कर्मचारीलाइृ प्राथमिक्ता दिने हिसावले हामी लाग्नेछौँ ।” अध्यक्ष चौधरीले भने । यस्तै आज एक महिनाको कक्षा बाट सहभागिहरुमा केहि निखार आएको भन्दै अवका दिनमा किताव बाट थप सहयोग पुग्ने योजना शाखा प्रमुख लेखनाथ आचार्यले बताए । दंगीशरण गाउँपालिकाको २०७६ र ०७७ को स्विकृत कार्यक्रम अनुशार पुस २९ गते खरीदार र ना.सु.का लागि सुचना प्रकाशित गरेअनुरुप माघ १७ गतेदेखि जनजातीहरुका लागि तीन महिने लोकसेवा तयारी कक्षा संचालन गरेको हो ।