विपदमा पर्दा सुरक्षित राख्न पनि सभाहल ः मुख्यमन्त्री

तुलसीपुर, ११ फागुन ।

दाङको दंगीशरण गाउँपालिकामा सभाहल निर्माण सुरु भएको छ । प्रदेश नं. ५ सरकारको लगानीमा उक्त सभाहल निर्माणको आईतबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सिलन्यास गरेका हुन् ।

तीनसय जना अट्न सक्ने सभाहल निर्माण भएको भन्दै यो गाउँपालिकामा बिभिन्न कार्यक्रम गर्नुकासाथै बिपतमा पर्दा पनि सुरक्षित राख्नलाई प्रत्येक स्थानीय तहमा सभाहल निर्माण गर्न लागिएको मुख्यमन्त्री पोखरेलले बताए । ‘ हामीले स्थानीय तहमा कार्यक्रम गर्नकालागि सभाहल निर्माण गर्न प्रदेशले बजेट छुट्याएको छ’ उनले भने ‘ सभाहलमा विपतमा परेको बेला पनि सुरक्षित राख्न प्रयाग गर्न सकिन्छ ।’

सोही अवधारणा अनुसार नै प्रदेशले सबै स्थानीय तहमा सभाहल निर्माणको कार्यलाई अघि बढाएको बताए । उनले हरेक विकास निर्माणका कामको गुण्स्तरीयतामा ध्यान दिन समेत आग्रह गरे । उक्त सभाहल निर्माणको काम आउदो बर्षको माघसम्म सक्ने गरि ओम ऋषि कन्ट्रक्सन कोहलपुरले जिम्मा पाएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए ।

दंगीशरणमा ‘थारु कल्चरल भिलेज’ निर्माण सुरु

दाङको दंगीशरण गाउँपालिकाको रानी बनमा थारु कल्चरल भिलेज निर्माण कार्य शुरु भएको छ । उक्त निर्माण कार्यको आज प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सिलन्यास गरेका हुन् ।

प्रदेश नं. ५ सरकारको २ कारोड लगानीमा निर्माण हुन लागेको उक्त भिलेजको सिलन्यास गर्दै मुख्यमन्त्री पोखरेलले दंगीशरण थारु समुदायको ऐतिहाँसिक ठाउँ भएकाले पर्यटकीय हिसाबले आकर्षित गर्न सकिने बताए । ‘सुकौरा थारुहरुका राजा दंगीशरणले राज गरेको ऐतिहाँसिक ठाउँ हो, यहाँ पर्यटनको क्षेत्रमा विकास गर्न सकिन्छ ’ उनले भने ‘ यसले थारु समुदायको मात्रै होईन्, यस क्षेत्रका सबै समुदायको जीवनस्तर सुधार गर्न मद्दत पुग्छ ।’

त्यसकालागि थारु कल्चरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । सरकारी स्तरबाट मात्रै नभई समुदायले पनि तदारुकता देखाउनुपर्ने समेत उनले बताए । ‘सबै काम सरकारले गरिदिन्छ, भन्ने भावना हुन्छ’ उनले भने ‘ विकास निर्माणका सन्दर्भमा जनताले पनि तदारुकता देखाउनुपर्छ ।’ साथै उनले पर्यटनको विकासकालागि होमस्टेको अवधारणा अघि बढाउनुपर्ने बताए । ५ कठ्ठा जग्गामा उक्त थारु कल्चरल भिलेज निर्माण गर्न थालिएको हो ।

उक्त भिलेज निर्माण भएपछि थारु समुदायको सस्ंकृती झल्कने घर, पिकनिक स्पोर्ट र बालबालिकाले खेल्ने ठाउँ पनि निर्माण हुने गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए । उक्त भिलेज निर्माणको जिम्मा जय भवानी निर्माण सेवाले लिएको छ । यो आर्थिक बर्षभित्रै सक्ने गरि सम्झौता भएको गाउँपालिका अध्यक्ष चौधरीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर