सडक स्पिड ब्रेकर’ कार्यक्रम सुरु हुन्छ : मन्त्री चौधरी
दिप्तीशिखा चौधरी
दंगीशरण, १० फागुन ।
प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशमा ‘सडक स्पिड ब्रेकर’ कार्यक्रम सुरु गरिने बताए ।
पूर्व प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको पहिलो स्मृतिसभालाई सम्बोधन गर्दै उनले सडक दुर्घटना न्यूनिकरण गर्न प्रदेश सरकारले उक्त कार्यक्रम अघि बढाएको बताउनुभयो । सडक र्दुघटनामा परि गम्भीर घाईते भएका ओलीले गएको बर्ष आजकै दिन निधन भएको भन्दै उनकै सम्झनामा ‘माननीय उत्तरकुमार ओली सडक सुरक्षा कार्यक्रम’ सुरु गरि सोही अनुसार कार्यक्रम अघि बढाउने समेत बताए । स्व. ओलीको निवास दंगीशरण गाउँपालिका वडा न. ६ श्रीगाउँमा शनिबार भएको सभामा उनले उत्तरको निधनले समग्र प्रदेशलाई ठूलो क्षति पु¥याएको समेत बताए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य जग प्रशाद शर्मा ‘अपार’ले उत्तरको ठाउँमा उनकी धर्मपत्नी विमला सांसद बनेको भन्दै अब उत्तरका सपना पूरा गर्न तर्फ विमलाले ध्यान दिनुपर्ने बताए । उत्तरले पश्चिम दाङको विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसलाई निरन्तरता दिनुनै उत्तरप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । सभामा उत्तरकी धर्मपत्नी तथा प्रदेशसभा सदस्य विमला वलीले उत्तरले देखेको सपना पूरा गर्न तर्फ आफु लागिरहेको बताईन् ।