साहाराविहीन वालवालिकालाई ‘बेड’ सहयोग
तुलसीपुर, १० फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित दिदी घर संस्थामा आश्रित वालवालिकाहरुकालागि वेड सहयोग गरिएको छ । नवजागरण महिला तथा वाल संरक्षण केन्द्र ( न्यूसिपिसि) दाङले साहारा विहीन वालवालिकाहरुकालागि ८ सेट सुत्ने बेड उपलब्ध गराएको हो । असहाय वालवालिकालाई बेड नहुँदा सुत्न पनि समस्या हुने गरेको भन्दै आफुहरुले सहयोग गरेको न्यूसिपिसिका अध्यक्ष निशा लामिछानेले बताईन् ।
उनका अनुसार बेडसंगै ओढ्ने, ओछ्याउने कपडा पनि सहयोग गरिएको छ ।‘ दिदी घर संस्थाले साहारा विहीन वालवालिकालाई पालन पोषण गर्दै आएको रहेछ’ उनले भनिन्‘ त्यसैले हामीले ५० हजार बराबरका उक्त सामग्री सहयोग गरेका हौं ।’ आगामी दिनमा पनि यसरी नै सहयोग गर्ने उनको भनाई थियो ।
उक्त संस्थाले शाहाराविहीन १० जना वालवालिकाहरुलाई पालन, पोषण तथा शिक्षा दिक्षा दिईरहेको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताईन् ।‘हामीले अहिले साहारा विहीन १० जना वालवालिकालाई पालनपोषण तथा शिक्षा दिईरहेका छौं’ उनले भनिन्‘ आगामी दिनमा साहाराविहीन वालवालिकाहरु धेरै जनालाई साहारा दिने योजना बनाएका छौं, त्यसकालागि यस्तौ सहयोगको हामीलाई खाँचोछ ।’ अहिले कुनै पनि निकायले आफुहरुलाई सहयोग नगरेको भन्दै बिभिन्न निकायले सहयोग गरे आगामी दिनमा दाङका धेरै साहाराविहीन वालवालिकालाई साहारा दिने योजना बनाएको उनको भनाई छ ।
बिगत तीन बर्षदखि आफुले यसरी यी वालवालिकालाई पालन पोषण गर्दै आएको समेत उनले बताईन् । अहिले उक्त संस्थामा रहेका वालवालिकाहरुले ग्रेटअरणीको सेकेन्डरी स्कुल र हिमाल एकेडेमीमा पढिरहेको समेत उनको भनाई थियो । अहिले सबै खर्च आफैले व्यक्तिगत रुपमा व्यहोर्दै आएको समेत उनको भनाई छ । उनीहरुलाई घरमा पढाउनकालागि शिक्षक समेत राखेको उनको भनाई छ ।