नेपाली भूमी फिर्ता र एमसीसी खारेजको माग गर्दै प्रर्दशन

घोराही, ३ फागुन

विभिन्न पार्टीहरुको संयुक्त आन्दोलन समितिले भारतले मिचेको नेपाली भूमी फिर्ता हुनपर्ने र अमेरिकी सहयोग एमसीसी खारेजको माग गरेका छन् । दाङमा क्रियाशिल विभिन्न ५ राजनितिक पार्टीहरुले आज घोराहीमा भारतले मिचेको भूमि फिर्ता र अमेरिकी सहयोग एमसीसी खारेजको माग गर्दै प्रर्दशन सँगै सभा गरेका हुन् ।

राष्ट्रिय जनमोर्चा, नेकपा माओबादी क्रान्तिकारी, नेकपा मसाल, नेकपा माले र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको संयुक्त आन्दोलन समितिले नेपालको राष्ट्रियतामा कुनै पनि हस्तक्षप स्विकार्य नहुने बताएका छन् ।

सिमा मिचेर भारतले विस्तारबादलाई कायम राखेको र विभिन्न सहयोगको नाममा अमेरिकाले एमसीसी पास गराउन खोजेको भन्दै दुबै कदम स्विकार्य नहुने चेतावनी दिएका छन् ।

नेकपा मालेका स्थायी समिति सदस्य गोबिन्द केके, नेकपा माओबादी क्रान्तिकारीका केन्द्रिय सदस्य समिर केसी, नेकपा मसालका प्रबक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडेले सरकार लाचारी हुदा बैदेशिक हस्तक्षेप बढेको बताउनुभयो ।

सरकार र प्रतिपक्ष उस्तै उस्तै देखिएको भन्दै राष्ट्रिय स्वाधिनतामा मौन देखिएको आरोप लगाउनुभयो । जनमतलाई सरकारले कदर गर्न नसकेको र प्रतिपक्ष पनि बैदेशिक इसरामा चलेको नेताहरुको टिप्पणि छ ।

राष्ट्रियताको रक्षा सँगै राष्ट्रिय संबृद्धीमा सबै एक भएर अघि बढ्नुको विकल्प नभएको भन्दै बैदेशिक हस्तक्षेपलाई पनि सामुहिक प्रतिबाद गर्नुपर्नेमा नेताहरुको जोड छ ।

कार्यक्रमको सहजिकरण जनमोर्चाको नेता रामबहादुर जिएमले गर्नुभएको थियो । सभा पूर्ब बजारमा गरिएको प्रर्दशनमा राष्ट्रियताको रक्षा गरौ, एमसीसी खारेज गर, भारतिय सेना कालापानी छोड जस्ता नारा लगाईएको थियो ।।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर