प्रतिष्ठानमा हिपको जोर्नी फेर्ने सफल शल्यक्रिया
दाङ, २६ माघ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा हिपको जोर्नी फेर्ने शल्यक्रिया सफल भएको छ । प्रतिष्ठानका निर्देशक हाडजोर्नी बिशेषज्ञ डा। सागर पन्थि नेतृत्वको चिकित्सक र नर्सको टोलीले ५६ बर्षीय एक जना बिरामीको हिपको जोर्नी सफल शल्यक्रिया गरेको हो । साढे चार महिनादेखि बिभिन्न अस्पतालहरुमा देखाउदा पनि उपचार नभएपछि उनी गम्भिर बिरामी परेका परेका थिए । बिरामी उपचारका धेरै ठाउमा पुगेको कतै नभएपछि आफु प्रतिष्ठानमा उपचारका लागि आएको बताएको डा। पन्थिले बताए । उनले सिमेन्टेड बिधिबाट शल्यक्रिया गरिएको र हाडजोर्नीको उपचारका लागि दाङ बाहिर बिरामी जानुपर्ने बाध्यता अन्त्य भएको बताए । बिरामी आफ्नो चार महिना अगाडि हिपको गेडि भाचिएको अबस्थामा प्रतिष्ठानमा उपचारका लागि पुगेका थिए ।